Logo ६ मंसिर २०८२, शनिबार | Sat Nov 22 2025


एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा विराटनगर र काठमाडाैं भिड्दै


0
Shares

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् ।

दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । पहिलो खेलमा कर्णाली प्रदेशका कप्तान सोमपाल कामी र लुम्बिनीका कप्तान रोहितकुमार पौडेलका टिमको हो ।

यस्तै दोस्रो खेलमा राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको भिडन्त रोचक बन्नेछ । करण नेतृत्वको काठमाडौंले दुई खेल खेलिसक्दा एक हार र एक जित गर्दै दुई अंक मात्र जोडेको छ ।

पहिलो खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको छ ।