Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


नेतृत्वमा आफू फेरी नआउने भनेपछि महाधिवेशनको विवादमा अल्झिन आवश्यक छैन: सभापति देउवा

तर संस्थापन इतर पक्ष भने आगामी निर्वाचन अगाडि नै महाधिवेशन गर्ने अडानमा

9.7k
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्वमा आफू फेरी नआउने भनेपछि अहिले नै महाधिवेशनको विवादमा अल्झिन आवश्यक नभएको बताउनुभएकाे छ।

काठमाडाैंमा बिहीबार महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उहाँले केही समय अगाडिदेखि नै आफू पुन: नेतृत्वमा नआउने बताउदै आउनुभएकाे छ। तर संस्थापन इतर पक्षले भने आगामी निर्वाचन अगाडि नै पार्टीकाे १५ औं महाधिवेशन गर्नका लागि नेतृत्वलाई दबाब दिइरहेकाे छ। सहमहामन्त्री महेन्द्र यादवले हामी सबैको सहमतिमा सभापति देउवाले प्रस्ताव राख्नुभएको दावी गर्नुभयाे।

यादवको प्रस्तावमा आफूसहित प्रकाशमान सिंह, कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, शशांक कोइराला, एनपी साउद र विजय गच्छादारसहित केन्द्रीय सदस्यहरूको पनि साथ रहेको बताउनुभएको छ। उहाँले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई ५४ प्रतिशत प्रतिनिधिलाई काठमाडौंं ल्याएर हस्ताक्षरको सनाखत गर्न समेत चुनौती दिनुभयो।

संस्थापन पक्षका अधिकांश नेताहरूले आगामी निर्वाचन अघि महाधिवेशन गर्न नसक्ने पक्षमा उभिएका छन्।सभापति देउवा निकटका २५ जना केन्द्रीय सदस्यले निर्वाचन अघि महाधिवेशन गर्ने पक्षमा रहे पनि अधिकांश नेताहरू आगामी वैशाखमा मात्रै महाधिवेशन गर्ने अडानमा रहेका हुन्। पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औं महाधिवेशन तत्काल गर्न नहुने बताउनुभयो। अहिले निर्वाचनमा केन्द्रित भएर वैशाखमा महाधिवेशन गर्नुपर्नेमा उहाँको जोड छ।

महाधिवेशनको मितिमा कुरा नमिलेपछि अब केन्द्रीय समिति बैठक शनिबारका लागि बोलाइएको छ। संस्थापन इतर पक्षका महामन्त्रीद्वय गगन थापा- विश्वप्रकाश शर्मा र इतर पक्षका नेता डा. शेखर कोइरालासहितका नेता नियमित नभए आगामी पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा रहे पनि त्यो कुरा स्वीकार्न संस्थापन पक्षका नेताहरू तयार छैनन्।