Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


एमालेले आलोचना सहने भएता पनि अवरोध भने सहँदैन: महेश बस्नेत

महेशले मञ्चमा सम्बाेधन गरिरहेकाे समयमा विरोध प्रदर्शन

7.7k
Shares

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताउनुभएको छ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बाल्दै नेता बस्नेतले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताउनुभएको हो। एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उहाँले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तर बिना गल्ति अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको समेत उहाँले स्पष्ट पार्नुभएकाे छ।

नेता बस्नेतले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सोही घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयाे। अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको र अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेको उहाँले बताउनुभएकाे छ।

नेता बस्नेतले धारणा राखिरहँदा एक युवाले मञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।