Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


सुरक्षा परिषदकाे बैठक सिंहदरबारमा जारी


598
Shares

काठमाडौं। बाराको सिमरा क्षेत्रमा बुधबारदेखि शुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद बैठक जारी रहेकाे छ।

साेही बैठक सिंहदरबारस्थित सुरक्षा परिषदकाे सचिवालयमा अहिले बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे हो। नेकपा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बुधबार बारा जाने कार्यक्रम थियो। एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा बुधबार जेनजी युवाहरूले तोड्फोड गरेका थिए ।त्यसपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबारदेखि नै कर्फ्यू आदेश जारी गरेकाे छ।

साेही कर्फ्यू बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको हाे। बुधबारदेखि शुरु तनाव नरोकिएपछि बिहीबार पुनः कर्फ्यू जारी गरिएको छ। यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो। निर्णय बमोजिम रक्षा मन्त्रालयमा पत्र पनि पुगिसकेको स्रोतले बताएको छ।

सेना परिचालनका लागि सुरक्षा परिषदले निर्णय गर्नुपर्ने भएकाले त्यसकाे बारेमा पनि बिहीबार पनि छलफल भइरहेको सम्बद्ध स्रोतले जनाएकाे हाे।

Skip This