Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


मकालु बेस क्याम्पमा एक पर्यटकको मृत्यु


156
Shares

ईन्द्र गिरी

संखुवासभा ।

संखुवासभाको मकालु बेस क्याम्प घुम्न आएका एक पर्यटकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ घर भएका ४३ वर्षीय अरुण कार्की रहेको प्रहरीले जानकारी दिएको छ।

संखुवासभाको मकालु बेस क्याम्प पुगेका मृतक कार्कीको एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई लेक लागेर मृत्यु भएको आशंका गरिएको छ । मृतक कार्कीको शव जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी निरीक्षक मेघराज अर्याल सहितको टोलिले आज एभरेष्टको हेलिकप्टरद्वारा उद्दार गरी पोष्ट मार्टमको लागि KMC अस्पताल दुवाकोट भक्तपुर पठाइएको छ ।