Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


ट्याक्टर दुर्घटना हुँदा सहचालककाे मृत्यु


143
Shares

काठमाडौं । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालक २९ वर्षीय करण विकको मृत्यु भएको हाे ।

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे २ त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।