Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


एनपीएलमा आज चितवन र लुम्बिनी भिड्ने


806
Shares

काठमाडाैं ।
नेपाल प्रिमियर लिग (एनपिएल) टि–ट्वेन्टी क्रिकेटमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

खेल किर्तीपुरको टियु मैदानमा दिउसो ४ बजे सुरु हुनेछ ।

एनपिएल क्रिकेटको जारी सिजनमा लुम्बिनीको यो पहिलो खेल हो भने चितवनको दोस्रो खेल हो ।

पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । एनपिएल क्रिकेटमा हिजो सुदुरपश्चिम रोयल्सले काठमाडां गुर्खाजलाई २९ रनले हरायो ।