Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


महाधिवेशन नजिकिंदै गर्दा एमालेमा रस्साकस्सी (भिडियाे रिपोर्ट)

एमालेमा पुरानै नेताले पार्टी हाँक्ने लक्षण !

2.1k
Shares

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिंदै जाँदा पार्टीभित्र रस्साकस्सी शुरु भएको छ।

पार्टीका महत्वपूर्ण पदहरुमा कसलाई अघि बढाउने भन्ने विषयमा पार्टीभित्र छलफल अघि बढेको हाे। महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा भने रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। पार्टी नेताहरुले अध्यक्ष केपी शर्मा ओलीको विकल्प देखेका छैनन् । तर, उहाँलाई ईश्वर पोखरेलले टक्कर दिने देखिएको छ। जसले पनि एमाले महाधिवेशन केही रोचक हुने आँकलन गरिएकाे छ।

जेनजी युवाकाे आन्दोलनपछि मुलुकका राजनीतिक दलमा नेतृत्व परिवर्तनको बहस चुलिएको छ। तर, कुनैपनि दलहरुले नेतृत्व परिवर्तन गर्ने ल्याकत राखेका छैनन् । युवा पुस्ताको भावनाअनुसारको नेतृत्व हुनुपर्ने माग बढेपनि पुरानै अनुहारहरुको बाहुल्य रहने देखिएकोे छ। मुलुकको दोस्रो ठूलो दल एमालेभित्र पनि पुरानै नेतृत्वको बाहुल्य रहँदै आएको छ। विभिन्न घट्नाक्रमले पार्टी नेतृत्वमाथि प्रश्न खडा भएता पनि एमालले नेतृत्व परिवर्तन गर्ने आँट गरेको छैन । कतिसम्म भने अब हुने ११ औं महाधिवशेनमा समेत ओलीकै दबदबा रहने निश्चित जस्तै देखिएको एमालेका नेता राजन भट्टराईले बताउनुभयाे।

११ औं महाधिवेशनमा ओली निर्विकल्प कहलिएकाे समयमा उहाँ विरुद्ध पूर्वराष्टपति विद्यादेवी भण्डारीको तर्फबाट वरिष्ट उपाध्यक्ष पोखरेलले उम्मेदवारी दिने तयारी गरिरहनुभएकाे छ। यसले पार्टीभित्र थप विग्रह ल्याउने चिन्ता बढाएको छ। पार्टीका विभिन्न ध्रुवहरुबीच समीकरण फेरबदल हुने संकेत देखिएपछि पार्टीको आन्तरिक एकता थप संकटमा धकेलिने निश्चित नै छ। यसले पार्टीभित्र थप नयाँ गुटहरूको खतरा पैदा गरेको छ। पार्टीका प्रमुख नेताहरुको टकराव र शक्ति संघर्षका कारण महाधिवेशनले पार्टीभित्रका असहमतिहरूलाई सतहमा ल्याउने जोखिम बढेको देखिन्छ।

पार्टीका अन्य पदहरुमा भने अहिले नै नेताहरु तयार भएका छैनन् । यद्यपि आन्तरिक छलफल भने चलिरहेको एमालेका नेता भट्टराईले बताउनुभयाे। अध्यक्षमा ओलीकै दबदबा भएपछि महासचिवमा पनि ओली निकटकै नेता आउने नेताहरुको दावी छ। यसरी हेर्दा, पार्टीको आगामी नेतृत्वमा पनि खासै फेरबदल आउने छाँटकाँट देखिएको छैन। पुरानै नेताहरुले पार्टी हाँक्ने लक्षण देखिएको छ।

भिडियाे रिपोर्ट: