Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


दुधकोशी टुंग्याउन एडीबीसंग सरकारको आग्रह


0
Shares

काठमाडौं ।
नेपाल सरकारले ६ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेको छ ।

दुधकोशीको वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेपनि नटुंगिएपछि ऊर्जामन्त्री कुलमान घिसिङले तत्काल टुंग्याउन एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतलाई आग्रह गर्नुभएको हो ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर रहेको छ । त्यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।

एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।

एडीबीले जग्गा प्राप्तीको समस्या समाधान गर्न तथा आयोजनाको क्षमता अभिवृद्धि गर्न आग्रह गरेको छ ।