Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


‘हामी न-झुक्छाैं र न-झुक्किन्छाैं’: महामन्त्री थापा

कांग्रेसभित्रको बहस अधिवेशनको मिति मात्र नभएर पार्टी सुधारको दिशामा भएकाे तर्क

247
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशन सम्बन्धीको विवाद लम्बिंदै गइरहेकाे समयमा ‘हामी न-झुक्छाैं र न-झुक्किन्छाैं’ बताउनुभएकाे छ।

आगामी पुस १६ गतेदेखि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने बताइरहेकाे समयमा महामन्त्री थापाले मंगलबार समाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे।

महामन्त्री थापाले कांग्रेसभित्र अहिलेको बहस अधिवेशनको मिति मात्र नभएर पार्टी सुधारको दिशाकाे बारेमा भएको बताउनुभयाे। नागरिकले दिएको सन्देश स्पष्ट भएकाे बताउदै उहाँले पुरानै शैलीले अब काम नचख्ने बताउनुभएकाे छ। सुधार गरेर मात्र विश्वास फर्किने उहाँकाे भनाइ थियाे।

महामन्त्री थापाले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई धैर्य रहन समेतअनुरोध पनि गर्नुभएकाे छ। आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नयाँ ऊर्जा र सुधारिएर जाने समेत महामन्त्री थापाले स्पष्ट पार्नुभयाे।

सत्यको पक्षमा उभिंदा पार्टी नफुट्ने बताउदै उहाँले अझ बलियो बन्ने समेत उहाँले बताउनुभएकाे छ।