Logo १ मंसिर २०८२, सोमबार | Mon Nov 17 2025


एनपीएल पहिलो खेलका सबै टिकम बिक्री


364
Shares

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ ।

भोलि हुने पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न आग्रह गरेको छ ।

क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत् टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकलाई रङ्गशालामा आएर हुलहुज्जत नगर्न आग्रह गर्नुभयो ।

अहिले सिट सङ्ख्या निश्चित भएकाले क्यानले पहिलो खेलका लागि झन्डै आठ हजार टिकट बेच्न दिएको छ भने झन्डै दुई हजार टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याएको छ ।

यस्तै थप तीन हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि छुट्याएको छ । भोलिदेखि त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुने दोस्रो संस्करणको एनपीएल क्रिकेटको सबै तयारी पूरा भएको छ ।

प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाण्डु गोर्खाजले खेल्नेछन् । खेल दिउँसो चार बजे शुरु हुनेछ ।