Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


लामो समयदेखि देश र नेतृत्वमा परिवर्तन नभएपछि जेनजी युवा विद्रोह गर्न बाध्य: मुख्यमन्त्री बानियाँ


364
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लामो समयदेखि देश र नेतृत्वमा परिवर्तन नभएपछि जेनजी युवाले विद्रोह गरेको बताउनुभएकाे छ।

बागमती प्रदेश सरकारले आइतबार आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर’ अन्तरसंवादमा कार्यक्रमलाई सम्बाेधन गर्दै यहाँले यस्तो बताउनुभएकाे हाे। गणतन्त्रमा गरिब जनताको छोरो पनि राष्ट्रप्रमुख बन्न पाउने व्यवस्था भएको उहाँकाे भनाइ छ। अस्थिर र बढ्दो भ्रष्टाचारका कारण गत भदौ २३ र २४ गते अकल्पनीय जेनजी विद्रोहको सामना गर्नुपरेको उहाँले बताउनुभयाे। सोचे अनुसारको मुलुक नबनेकोप्रति सबै चिन्तित बनेको उल्लेख गर्दै उहाँले उस्तै नेतृत्व र अनुहारले देश चलाउँदा परिवर्तन नभएको उहाँको भनाइ छ।

जेनजी आन्दोलनले नयाँ सरकार बनेकाले सर्वपक्षीय संवादमार्फत आगामी निर्वाचन सफल गराउनुपर्नेमा उहााकाे जाेड थियाे। नेपालको वर्तमान संविधानले समावेशी, समानुपातिक र सबैको प्रतिनिधित्वलाई स्वीकार गरेकाे समेत उहाँले उल्लेख गर्नुभएकाे छ। यद्यपि संविधानमा भएका केही व्यवस्थाले अस्थिरता भने आइरहेको उहाँले बताउनुभयाे। त्यसलाई सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभएकाे छ। अस्थिर र बढ्दो भ्रष्टाचारका कारण भदौ २३ र २४ गते अकल्पनीय जेनजी विद्रोहको सामना गर्नुपरेको उहाँकाे तर्क थियाे।

मुख्यमन्त्री बानियाँले आगामी निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालाई पनि आग्रह गर्नुभएकाे छ। बागमती प्रदेशले बनाउने नीतिमा जेनजी पुस्तालाई समेट्दै आर्थिक अनुशासनमा ख्याल राख्ने उहाँकाे भनाइ थियाे।