Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने प्रमुख महर्जनकाे याेजना


208
Shares

काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताउनुभएकाे छ।

ललितपुरमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। उहाँले ललितपुर महानगरपालिकाको सबै भन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उनीहरूको दिनचर्या राम्रो पार्ने र कसरी उनीहरूको इन्कम जेनेरेशनमा कसरी टेवा पुर्‍याउने भन्ने रहेको बताउनुभयाे।

जेनजी युवाकाे आन्दोलनका क्रममा ललितपुर महानगरपालिकाले दमकलको सेवा ललितपुर नगर क्षेत्रमा मात्रै नभइ काठमाडौं महानगरपालिकामा समेत दिएको उहाँकाे भनाइ छ। सिंहदरबार र सर्वोच्च अदालतसहितका स्थानहरूमा ७९ पटक दमकलको सेवा दिएकाे समेत उहाँले बताउनुभयाे।

उहाँले मन्त्रीक्वार्टर जलेर फोन आएपछि दमकल पठाएको तर आन्दोलनमा सहभागी भएकाहरूले बाधा सिर्जन गरेको बताउनुभएकाे छ। प्रमुख महर्जनले नगरवासीका लागि गर्नुपर्ने आवश्यक कामहरू आफूहरूले क्रमशः पूरा गरिरहेको समेत बताउनुभएकाे छ।

आगो निभाउन गएको दमकललाई समेत आन्दोलनकारीले आगो लगाएको उहाँकाे गुनासाे छ। अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय समेत गरेको उहाँकाे भनाइ छ। अपांगता भएका व्यक्तिहरूका लागि खरिद गरेको गाडीमा समेत आगजनी भएका कारण अब झनै अत्याधुनिक गाडी किन्ने प्रमुख महर्जनले बताउनुभयाे ।

Skip This