एजेन्सी ।
भारत नियन्त्रित कश्मीरको एक प्रहरी चौकीमा बरामद विस्फोटक पदार्थको थुप्रो विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ ।
अन्य ३२ जना घाइते भएको प्रहरीले जनाएको छ । भारत नियन्त्रित कश्मीरको राजधानी श्रीनगरको नौगाम प्रहरी चौकीमा शुक्रवार राति भएको ठूलो विस्फोटमा नौ जनाको मृत्यु भएको हो ।
विस्फोटको प्रकृति आकस्मिक भएको र फोरेन्सिक परीक्षणको लागि जफत गरिएका विस्फोटक पदार्थहरू ह्यान्डल गर्ने क्रममा भएको बताइएको छ ।
प्रहरीकाअनुसार प्रहरी चौकी परिसरमा राखिएका विस्फोटकहरू हालै फरीदाबाद ९हरियाणा० बाट बरामद गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्