Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


आगामी मंसिरमा बाबुराम, जनार्दन र सन्तोषबीच पार्टी एकता घोषणा हुने (सहमति पत्रसहित)


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी छडेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानबीच आगामी मंसिर ७ गते एकता घोषणा हुने भएकाे छ।

नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानकोतर्फबाट सुदन किराँती र परियार एउटै पार्टी बनाउने सहमति गरेका हुन्। एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने भएका छन्। देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी, देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न समेत अपिल गरेका छन्।