काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्ता गरेकाे छ।
साेही पार्टीका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेर दर्ताको प्रमाणपत्र लिएका हुन्। केही दिन अघि मात्रै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी बनेकाे थियाे। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समय सीमा यहि कात्तिक ३० गतेभित्र रहेको छ ।
कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । साेही पार्टीको संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपाल रहेका छन्। जेनजी विद्राेहपछि नयाँ दल दर्ता गर्ने प्रक्रिया तीव्र रुपमा भइरहेकाे देखिन्छ ।




प्रतिक्रिया दिनुहोस्