Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


मतदाता नामावली दर्ताका लागि म्याद थप गर्न आयाेगसँग प्रधानमन्त्री कार्कीकाे आग्रह

५ दिन म्याद थप्ने आयाेगकाे तयारी

312
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखेर म्याद थपका लागि निर्वाचन आयाेगसँग आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग शुक्रबार टेलिफोन संवाद गर्दै म्याद थपका लागि आग्रह गर्नुभएको हो। यसकाे बारेमा आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी आयुक्त भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई दिनुभएको छ।

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ। यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गर्नुभएको छ।

साेही विषय पनि समाधान गर्दै अघि बढिरहेको आयुक्त भण्डारीले जानकारी गराउनुभयाे।