Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


सन्तोष परियारद्वारा रास्वपा परित्याग

परियार जनार्दन शर्मा नेतृत्वको अभियानमा जोडिने सम्भावना

702
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ।

प्रमुख सचेतक परियारले शुक्रबार रास्वपा कार्यवाहक सभापति डीपी अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाउनु भएको हो। रास्वपा छाडेसँगै उहाँ पूर्व-नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको अभियानमा जोडिने बुझिएको छ । रास्वपा महामन्त्री बुर्लाकोटीलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसेको उल्लेख गरिएकाे छ।

गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताको विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको भन्दै राजीनामा पत्रमा त्यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान सक्दैन भन्ने प्रमाणित गरेको उल्लेख गरिएकाे छ।