Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


आगामी मंसिरभित्रै पार्टीको महाधिवेशन प्रक्रिया शुरू गर्न कांग्रेसका २४ केन्द्रीय सदस्यको माग


312
Shares

काठमाडाैं । नेपाली कांग्रेसका २४ जना केन्द्रीय सदस्यले आगामी मंसिर महिनामै पार्टीको महाधिवेशन प्रक्रिया शुरु गर्न माग गरेका छन्।

कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर जबरासहितका २४ केन्द्रीय सदस्यले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको महाधिवेशन प्रक्रिया मंसिर महिनाभित्रै शुरु गर्न माग गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सोही माग गरेका छन्। १५ औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशील सदस्यता नविकरण र नयाँ क्रियाशिल सदस्यता वितरण कार्य रहेको नेता जबराले बताउनुभयो । उहाँले आफूहरुले कांग्रेसमा यो वा त्यो गुट भनेर नहेरेको बरु कांग्रेसलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताउनुभएकाे छ।

कांग्रेसभित्र परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने बताउनुभयो। कांग्रेसले विशेष महाधिवेशन गर्न नहुने बताउनुभएकाे छ। आगामी पुसको अन्तिमसम्म विशेष महाधिवेशन गर्नुपर्ने समय रहेपनि मंसिरसम्म नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्नेमा उहाँकाे जाेड छ। समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता नविकरण गर्नुपर्ने उहाँको भनाइ थियाे। मंसिर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्न उहाँले माग गर्नुभएकाे छ।

नेता जबराले वर्तमान अवस्थालाई मध्यनजरगरी युवा पुस्ताहरुको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुनेगरी विधानमा संशोधन गर्नुपर्ने माग गर्नुभयो । हालसम्म पनि पार्टीको आन्तरिक निर्वाचन समितिले पूर्णता नपाएको गुनासो गर्दै अविलम्व निर्वाचन समिति विस्तार गरी पूर्णता दिनुपर्ने, आगामी १५ औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाती, थारु, मधेसी, मुश्लिम, पिछडा क्षेत्र र वर्ग एवं अपांगता भएकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्नुपर्ने माग नेता जबराको छ।

उहाँले अब हुने स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्न माग गर्नुभयो । नेता जबराले संविधान संसोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारण निर्माण गर्न पनि माग गर्नुभएकाे छ।