Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


ससंदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन


117
Shares

काठमाडौं। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ।

समितिले बिहीबार विभाग तथा कार्यालयको अवलोकन गरेको हो । विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रशासनको काम, कारबाही र अधिकारबारे समिति सदस्यहरुलाई जानकारी गराउनुभयो । विभागले विदेशी नागरिकलाई आवागमन अनुमति दिने भएपनि नेपाल रहँदा उसले गर्ने गतिविधिको निगरानी गर्ने क्षमता अध्यागमनसँग नरहेको पनि बताउनुभएकाे छ। विदेशी नागरिकको निगरानीको सवालमा राज्यको कुनैपनि निकायमा छलफलको विषय नभएको उहाँको भनाइ थियाे।

महानिर्देशक तिवारीले नेपाली नागरिकलाई विदेश भ्रमणमा कडाई गर्ने तर विदेशी नागरिक जस्तो भएपनि नेपाल प्रवेश गर्ने कुरामा कुनै रोकतोक नगर्ने कुरामा राज्यतर्फबाटै स्वीकारोक्ति रहेको बताउनुभएकाे छ। अध्यागमनलाई थप प्रभावकारी काम गर्न सक्षम बनाउनेगरी क्षमता विकासका लागि पहल गरिदिन समितिलाई उहाँले आग्रह समेत गर्नुभयो।