एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको २ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किनुभएकाे छ।
प्रधानमन्त्री मोदी बुधबार स्वदेश फर्किनुभएकाे हाे। दुई छिमेकी देशहरूबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले उहाँले भ्रमण तय गर्नुभएकाे थियाे। थिम्पूबाट दिल्लीका लागि प्रस्थान गर्नुअघि मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएकाे हाे।
भुटानको भ्रमण विभिन्न ऐतिहासिक कार्यक्रमहरू तथा महामहिम चौथो ड्रक ग्याल्पोको ७० औं जन्म जयन्तीको अवसरमा आयोजित विश्वव्यापी शान्ति प्रार्थना महोत्सवमा सहभागी हुन माेदी जानुभएको थियाे। भ्रमणपछि ऊर्जा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूका नतिजाहरूले द्विपक्षीय साझेदारीलाई गति दिने उहाँले बताउनुभयाे।
भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीलाई बिदा गर्न एयरपोर्टमा आउनुभएकाे थियाे। भारतीय प्रधानमन्त्री मोदीले उहाँलाई त्यहाँसम्म पुर्याउन आउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएकाे छ।




प्रतिक्रिया दिनुहोस्