Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


पार्टी एकतालाई चुनाव जित्ने रणनीतिको रूपमा नबुझ्न सबैलाई संयाेजक दाहालकाे आग्रह


104
Shares

काठमाडाैं। नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक अहिले असाधारण संकटको अवस्थामा रहेको वस्तुगत आवश्यकताको आधारमा कम्युनिष्ट घटकहरुबीच एकता भएको टिप्पणी गर्नुभएको छ।

काठमाडाैंमा बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले अहिले मुलुकको स्वाधिनता, नेपालको भौगोलिक अखण्डता र जनताको आत्मनिर्णयको अधिकार इतिहासकै सबै भन्दा संकटको अवस्थामा रहेको बताउनुभयो ।

अहिलेको एकता निर्वाचन जित्ने प्रयोजनको लागि गरिएको एकताको रुपमा नबुझ्न समेत उहाँले सबैमा आग्रह समेत गर्नुभएकाे छ। राष्ट्रलाई जोगाउने आवश्यकताको जगमा सिद्धान्त र विचार मिल्ने कम्युनिष्ट दलहरु मिल्नुपरेको संयाेजक दाहालले दोहोर्याउनुभयो।

संयाेजक दाहालले गत भदौको अन्तिम हप्ता भएकाे जेनजी विद्रोहले समेत आफूहरुलाई आत्मआलोचनासहित एकतावद्ध हुन प्रेरणा दिएको दावी गर्नुभएकाे छ।