Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


देशभक्त र प्रगतिशील कम्युनिष्ट एकतावद्ध नभए नेपालीले क्षेप्यास्त्र खाने दिन टाढा छैन: संयाेजक रावल


182
Shares

काठमाडाैं। मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले राष्ट्रिय स्वाभिमान-राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिष्ट पार्टीलाई बलियोसँग उभ्याउन जरुरी रहेको बताउनुभएको छ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै संयाेजक रावलले यस्तो बताउनुभयाे। युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाएर अगाडि बढाउनुपर्नेमा उहाँकाे जाेड छ।

मुलुकको विकास र शान्ति सु-व्यवस्थाका लागि कम्युनिष्टहरु एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत उहाँले टिप्पणी गर्नुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अंहकारका कारण तत्कालीन नेकपा नटिकेको आरोप समेत लगाउनुभएकाे छ।ओलीको अंहकारी र घमण्डी चरित्रकै कारण एमाले आज स्वर्गीय नेता मदन भण्डारीको परिवारको समेत हुन नसकेको संयाेजक रावलकाे भनाइ थियाे।