Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नागरिक उन्मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पायाे


273
Shares

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।

निर्वाचन आयोगले बुधबार पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो। आयोगको तर्फबाट सचिव माहादेव पन्थले पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टीका अध्यक्ष कविर सोपलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएको थियो। गत निर्वाचनमा सोही पार्टीले ४ सिट ल्याएको थियो।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरीसँगको विवादका कारण रेशमले नयाँ पार्टी गठन गर्नुभएको हो। पार्टीको वरिष्ठ उपाध्यक्षमा यसअघि जनमत पार्टीका उपाध्यक्ष समेत रहनुभएका अब्दुल खानलाई राखिएकाे छ। दल दर्ताको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष सोबले जनताको पक्षमा देश बनाउने योजनासहित आफूहरुले नयाँ राजनीतिक दल दर्ता गरेको बताउनुभयो ।