Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

आगामी निर्वाचनकाे बारेमा विशेष छलफल

78
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा बुधबार दिउँसो प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका हुन्। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले आगामी फागुन २१ गतेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनकाे बारेमा छलफल गरेका छन् । साेही छलफलमा निर्वाचन अयोगको तयारी, राजनीतिक दलहरुसँगको छलफल, राजनीतिक दल दर्ता र मतदाता नामावली दर्ता लगायतका विषयहरुमा प्रधानमन्त्री कार्कीले चासो राख्नुभयो।

यसअघि पनि मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली संकलन सहज बनाउन निर्देशन दिनुभएको थियो। आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम संकलन गर्न अब ४ दिन बाँकी छ। निर्वाचनकाे बारेमा राजनीतिक दलहरु सशंकित भइरहेको समयमा आयोगसँग प्रधानमन्त्री कार्कीले गर्नुभएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ।