Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


सरकार र मेलम्चीवासीबीचको वार्ता निष्कर्ष विहीन


1.1k
Shares

काठमाडाैं । सरकार र मेलम्चीवासी बीचको वार्ता बिना निष्कर्ष सकिएको छ।

सिंहदरबारमा मंगलबार साँझ शहरी विकासमन्त्री कुलमान घिसिङसँग भएको वार्ता बिना निष्कर्ष सकिएको हो । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु गाउँपालिकामा स्थानीयले गरेको अवरोध हटाउन सरकार र स्थानीय तहबीचको वार्ता सहमति नजिक पुगे पनि मंगलबाररातिसम्म औपचारिक सहमति जुट्न सकेन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री घिसिङको नेतृत्वमा जारी वार्ता सकारात्मक रहेको स्रोतले जनाएको छ।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि प्रधानमन्त्री शुशिला कार्कीले व्यक्तिगत चासो राख्दै यो विवाद समाधानको जिम्मेवारी मन्त्री घिसिङलाई सुम्पिनुभएकाे थियाे। खानेपानी तथा सरसफाई मन्त्रालय प्रधानमन्त्री मातहत रहेकोले उहाँले वार्तामार्फत समस्याकाे समाधान गर्न मन्त्री घिसिङलाई निर्देशन दिनुभएको थियो।