Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


संविधानले पूर्वन्यायधीशलाई मन्त्री र सांसद बन्न नरोकेको मन्त्री सिन्हाकाे दावी


364
Shares

काठमाडाैं । कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दावी गर्नुभएको छ।

नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताउनुभयो । कार्यक्रममा सहभागी नेकपा एमाले नेता अग्नी खरेलले पूर्वन्यायाधीश र पूर्वप्रधानन्याशीश प्रधानमन्त्री र मन्त्री बन्नु असंवैधानिक बताएता पनि मन्त्री सिन्हाले यस्तो जवाफ दिनुभएको हो ।

उहाँले मन्त्री बन्ने दिन पनि एक घण्टा आफूले संविधान पढेको बताउनुभयो । उहाँले मतदान गर्ने अधिकार दिएपछि संविधानले आफूहरुलाई उम्मेद्वार बन्न पाउने अधिकार पनि दिएको बताउनुभएकाे छ। आफूहरु अफ्ठ्यारो अवस्थामा मात्रै सरकार चलाउन आएको मन्त्री सिन्हाले बताउनुभयो। आफूलाई आगामी दिनमा चुनाव लड्ने, मन्त्री बन्ने इच्छा पनि नरहेको समेत उहाँले बताउनुभएकाे छ।

मन्त्री सिन्हाले सरकारले निर्वाचनको वातावरण निर्माण गरिरहेको पनि दावी गर्नुभयो । सरकारले हरेक राजनितिक दलका जिम्मेवार नेताहरुसँग निर्वाचनको सन्दर्भमा छलफल गरिरहेको पनि जानकारी दिनुभएकाे छ। राजनीतिक दलहरु निर्वाचनबाट पछाडी नफर्कने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो।