Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


मधेश प्रदेशका मुख्यमन्त्री यादव नियुक्ति विरूद्ध सर्वोच्चमा रिट दर्ता


832
Shares

काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ को प्रक्रिया नअपनाई उपधारा ३ अन्तर्गत असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त निर्णय बदर गर्न माग गर्दै अर्जुन शाहले साेमबार सर्वोच्चमा रिट दायर गर्नुभएकाे हाे । साेही रिटमाथि मंगलबार बिहान १० बजेका लागि पेशी तोकिएको छ।

शाहले दायर गरेको रिटमा नेपालको संविधानको धारा १३३ को उपधारा २ बमोजिम उत्प्रेषण आदेश जारी गरी प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरिएको छ। संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठनको प्रक्रिया अघि बढाउन रिटमा माग गरिएको हाे ।

रिटमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय र मधेश प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाइएको छ।