Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त


3.3k
Shares

काठमाडौं। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले प्रमुख भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएकाे हाे। प्रमुख भण्डारीले मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको पानस होटलबाटै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे। त्यससँगै पद तथा गाेपनीयताकाे शपथ ग्रहण कार्यक्रम पनि साेमबार साेही होटलमै राखिएको थियो।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित ७ दलले ७४ जना सांसद जुटाएर सरकारमा दावी गर्न लागेकाे समयमा रातारात सबै भन्दा ठूलो दल एमालेका यादवलाई मुख्यमन्त्री बनाएपछि भण्डारी विवादमा पर्नुभएकाे थियाे।