काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ।
भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव कार्यक्रममा साेमबार बोल्दै उहाँले सरकारको मुख्य म्यान्डेट फागुन २१ को निर्वाचन भएको बताउनुभएकाे हाे। उहाँले समयमा निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लागिसबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।
मन्त्री गौतमले वर्तमान सरकारले जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताउनुभयो। उहाँले आधारभूत अस्पताल र स्वास्थ्य चौकी लगायतका स्वास्थ्य सेवा संस्थामा निःशुल्क रुपमा उपलब्ध गराइएको औषधिको वितरण कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन पनि स्थानीय सरकारलाई सचेत गराउनुभएकाे छ।
मन्त्री गौतमले सरकारले स्थानीय सरकारले जनतामा गुनासो नआउने गरी आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि संघीय सरकारले ससर्त अनुदानको व्यवस्था गरेको जानकारी गराउनुभयाे।




प्रतिक्रिया दिनुहोस्