Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


समाज रूपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीयः मन्त्री खरेल


117
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको भएको छ।

काठमाडाैंमा साेमबार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरुलाई राज्यले हेर्नुपर्ने उहाँको भनाइ छ। उहाँले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्यान चलचित्र विकास बोर्डलाई आग्रह पनि गर्नुभयो।

चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरु चिर्न सरकार लागिपरेको समेत उहाँले बताउनुभएकाे छ। चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरेको पनि उहाँले बताउनुभयो। चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा मन्त्री खरेलले जोड दिनुभएकाे छ।