Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सफलको पार्टी निर्वाचन आयोगमा दर्ता

पार्टीमा अधिवक्ता भण्डारी सभापति र अभियन्ता सफल उपसभापति...

8.7k
Shares

काठमाडौं । अभियन्ता युवराज पौडेल सफल नेतृत्वको नेपाल नागरिक पार्टी नेपाल नागरिक पार्टीसँग गाभिएको छ।

यस अघि नै सफलको नेतृत्वमा दर्ता कायम रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक पार्टी दल दर्ता गरिएको हो । अधिवक्ता डा.सुरेन्द्र भण्डारीले यस अघि छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थियाे। तर, सफलले आफू नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभेर एउटै बनाउने सहमति जनाएपछि यहीं कात्तिक ११ गते निवेदन फिर्ता लिनुभएकाे थियाे।

अधिवक्ता भण्डारी सभापति रहेको पार्टीमा अभियन्ता सफल उपसभापति रहेका छन् भने अर्का सभापति डा.प्रकाश पौडेल रहेका छन् । त्यस्तै, महामन्त्री पुजनजंग गुरुग र कोषाध्यक्ष दिपलाल जोशी रहेकाे उपसभापति सफलले बताउनुभयाे। २८ सदस्यीय केन्द्रीय समिति रहेको छ।

केन्द्रीय सदस्यमा नुरमहमत मियाँ, तेजबहादुर कार्की, भगवती ढकाल, रामशरण बुढाथोकी र निरा भण्डारी लगायत रहेकाे पनि उहाँकाे बताउनुभयाे।