काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने भएको छ।
काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताउनुभयो । सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने बताउनु भयो । उहाँले अहिलेसम्म जेनजी आन्दोलनका क्रममा लुटिएका ७ सय १० वटा हतियार फिर्ता भइसकेको र केही अझै फिर्ता हुन बाँकी रहेको बताउनुभएकाे छ।
आन्दोलनका क्रममा १४ हजार ५ सय ४९ जना फरार रहेकोमा ९ हजार ५ सय २१ जना फिर्ता आइसकेको र अझै ५ हजार १ सय ५ जना बाहिर रहेको बताउनुभयो । गृहमन्त्री अर्यालका अनुसार अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन् ।
मन्त्री अर्यालले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको बताउनुभयो । सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक भएको बताउँदै उहाँले निजी क्षेत्रको दायित्व अर्थतन्त्रको जगेर्ना गर्नुभएको बताउनुभएकाे छ। सरकार थप रचनात्मक भएर अघि बढ्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयाे।




प्रतिक्रिया दिनुहोस्