Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


नेदरल्याण्ड्समा डच संसदीय निर्वाचनमा डेमोक्र्याट-६६ पार्टी विजयी


104
Shares

एजेन्सी । नेदरल्याण्ड्समा रोब जेटनको नेतृत्वमा रहेको डेमोक्र्याट ६६ (डि-६६) पार्टीले डच संसदीय निर्वाचनमा जित हासिल गरेको निर्वाचन परिषदले पुष्टि गरेको छ।

परिषदका अध्यक्ष विम कुइजकेनले सार्वजनिक सुनुवाइमा अन्तिम नतिजा घोषणा गर्दै डि ६६ ले आफ्नो निकटतम प्रतिद्वन्द्वी, गर्ट वाइल्डर्सको नेतृत्वमा रहेको पार्टी फर फ्रिडम (पिभिभि) भन्दा २९ हजार ६ सय ६८ बढी मत प्राप्त गरेको बताउनुभएकाे हाे । नतिजाले डि ६६ लाई समग्र विजेताको रूपमा पुष्टि गरेको छ । जेटनलाई नयाँ सरकार गठन गर्न आगामी गठबन्धन वार्ताको नेतृत्व गर्न स्थान दिन्छ ।

दुवैले २६ सिट जितेका छन् । निर्वाचनमा भाग लिएका २७ दलहरूमध्ये १५ ले संसदमा प्रतिनिधित्व सुरक्षित गर्न पर्याप्त मत प्राप्त गरेका छन् । डि ६६ र पिभिभि पछि पिपुल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसीले २२ सिट जितेको छ । ग्रिन लेफ्ट–लेबर एलायन्सले २० सिट जितेको हाे ।

क्रिस्चियन डेमोक्रेटिक अपीलले १८ सिट जितेको छ।