Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


सुर्खेतमा एक थुनुवाको मृत्यु


182
Shares

काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो।

लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा थिए। शुक्रबार बिहान ६ बजे ओछ्यानमै सुतेको अवस्थामा बेहोस भेटिएका उनलाई तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्‍याइयो। तर अस्पताल पुगेको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरे।

प्रहरीका अनुसार, सुनार लागुऔषध प्रयोगकर्ता थिए र उनी उच्च रक्तचापका बिरामी पनि थिए। उनी नियमित औषधि सेवन गरिरहेका थिए। चार दिनअघि मात्रै सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता भइसकेको र आज (शुक्रबार) नै उनको पेसी सुनुवाइ तय भएको थियो।