Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


महासचिव भुसाल र नेतृ झाँक्रीसहित ६ जना नेता कारबाहीमा (विज्ञप्तिसहित)


17.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीसहितका ६ जना नेतालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ।

पार्टी विरोधी कार्य गरेको भन्दै केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रत्यायोजित अधिकारको प्रयोग गर्दै माधव कुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकबाट विधानको धारा १२१ (२) बमोजिम पार्टी सदस्य पनि नरहने गरी उनीहरूलाई कारबाही गर्ने निर्णय गरेका हुन् ।

महासचिव भुसाल-नेतृ झाँक्रीसहित दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठ (किसान) लाई पार्टी सदस्य नरहने गरी कारबाही गरिएको हो । कुनै पनि व्यक्तिले पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा कुनै पनि गतिविधि गरेमा कारबाही हुने जारी विज्ञप्तिमा मार्फत चेतावनी समेत दिइएको छ।