Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नेपाल-भारत स्टार्टअप पार्टनरसिप नेटवर्क मद्रासमा हुने


169
Shares

काठमाडाैं । नेपाल र भारतको स्टार्टअप इकोसिस्टमबीच सहकार्य र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यसहित अगामी डिसेम्बरदेखि भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कार्यक्रम शुरु हुने भएको छ।

पूर्ण छात्रवृत्तिय प्रशिक्षण, परामर्श र इन्टर्नशिप मोड्युलमा आधारित ८ हप्तासम्म चल्ने उक्त कार्यक्रम भारतको प्राविधिक संस्थान (आईआईटी) मद्रासमा हुने भएकाे हाे । नेपालका स्टार्टअप उद्यमीहरूले यस कार्यक्रममार्फत आईआईटी मद्रासको नवप्रवर्तन र इन्क्युबेसन प्रणालीमा प्रत्यक्ष सिकाइ र अनुभव लिन पाउने विश्वास गरेका छन् ।

उक्त कार्यक्रमको तयारीका सम्बन्धमा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासमा अभिमुखिकरण तालिम सम्पन्न भएको छ। साेही कार्यक्रममा वीरगञ्ज र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र धरान क्याम्पसका करिब ६० जना विद्यार्थीहरू भर्चुअल रूपमा सहभागी भएका थिए ।

साेही कार्यक्रममा सहभागी हुन चाहनेले यहि नोबेम्बर १५ तारिखसम्म आवेदन दिनसक्ने दुतावासले जनाएको छ ।