Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


सरकारले देशलाई छाडातन्त्रमा चलाउन संसद विघटन गरेकाे अध्यक्ष ओलीकाे आराेप

संसद पुनःस्थापनाको माग गर्दै देशैभरी आन्दोलन गर्ने चेतावनी

1.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशैभरी आन्दोलन गर्ने चेतावनी दिनुभएकाे छ।

भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बिहीबार पुगेका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर समेत गर्नुभएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिस अनुसार प्रतिनिधि सभा विघटन गरेर गल्ति गरेको सकेत उहाँकाे भनाइ थियाे।

संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेकाले आफूहरूले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको उहाँको तर्क छ। अध्यक्ष ओलीले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन पनि आफ्नो पार्टी युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरेको समेत बताउनुभयाे।