Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सरकारी प्रकरण: रवि र छविको मुद्दामा थप मिसिल झिकाउन उच्च अदालतकाे आदेश


2.3k
Shares

काठमाडौं। उच्च अदालतले सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा थप मिसिल झिकाउने आदेश दिएकाे छ।

उच्चले बिहीबार तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मिसिल झिकाउने आदेश गरेको हो। उच्चले छविलालको मिसिल अपुग भएकाले झिकाएर साथै राख्न आदेश दिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते रुपन्देही जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध रविले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

यसअघि सहकारी ठगीको बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाऊँ भनी दिएको निवेदनमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुवै मुद्दा साथै राख्ने आदेश भएको थियो।