Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैनः नेता अर्याल


247
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता बद्री अर्यालले नेपाली कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताउनुभएको छ।

काठमाडौंमा शुक्रबार आोयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसका लागि तत्काल विशेष महाधिवेशन गर्नु धोका हुने बताउनुभएको हो । कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतर समूहबीचको विवाद गहिरिँदै गएको अवस्थामा जारी केन्द्रीय समिति बैठकमा संस्थापन र इतर समूहले अलग-अलग महाधिवेशनको कार्यतालिका पेश गरेका छन् ।

नेता अर्यालले पार्टीमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता हुनुको कुनै औचित्य नरहेको बताउनुभयो । पार्टीमा पुस्तान्तरण हुनुपर्ने उहाँको भनाई छ । विशेष महाधिवेशनले पार्टीको केन्द्रीय पंक्तिमा मात्र फेरबदल हुने तर प्रदेश र स्थानीय तहमा कुनै बदलाव नहुने भएकाले विशेष महाधिवेशन अहिले समय सान्दर्भिक नहुने उहाँकाे तर्क थियाे।

विशेष महाधिवेशनमा केन्द्रीय नेतृत्व मात्र परिवर्तन हुने भएकाले नियमित महाधिवेशन नै अहिलेको समयमा उपयुक्त रहेको कांग्रेसका कार्यकर्ता विनोद तिम्सिनाले बताउनुभयो । पार्टीमा नयाँ पुस्ताको नेतृत्वको खाँचो रहेको उहाँको भनाइ छ।

विशेष महाधिवेशनको प्रस्तावपछि कांग्रेसभित्र फेरि एक पटक विचार र रणनीतिक विभाजन सतहमा आएको छ । कतिपय नेताहरूले विशेष महाधिवेशनलाई संस्थापन नेतृत्वमाथिको असन्तुष्टि व्यक्त गर्ने माध्यमका रूपमा हेरेका छन् । केहीले भने यसलाई नेतृत्व हस्तान्तरण र संगठन पुनःनिर्माणको अवसरका रूपमा चित्रण गरेका हुन् ।