Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


गत भदौको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलतः एमाले उपमहासचिव ज्ञवाली


1.3k
Shares

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौमा भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गर्नुभएको छ।

ललितपुरमा बुधबार आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जेनजी युवाकाले गरेकाे भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहनलाई आन्दोलनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उहाँको धारणा छ । उहाँले जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि घुसपैठ भएको कारण देश दोहन हुन पुगेको पनि बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको अजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो गर्नुभएकाे छ। उहाँले २०४६ साल यताका भ्रष्टाचारका काण्डहरुको छानविन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिनुभयो ।