Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


संयाेजक दाहाल र अध्यक्ष नेपालसहितको पार्टी एकता घोषणा सभा जारी (तस्बिरसहित)


1.3k
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन जारी रहेकाे छ।

काठमाडौंकाे भृकुटीमण्डपमा बुधबार पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरुको सम्मेलन जारी रहेकाे हो। सम्मेलनमा पार्टीका शीर्ष नेताहरु दाहाल र माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गरेका हुन् । सम्मेलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिनुभयो।

साेही सम्मेलनमा पार्टीको विधान, केन्द्रीय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेण्डा तय गरिएको छ।