काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता परिवर्तन भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेलाई दिएको छ ।
प्रहरी प्रधान कार्यालयले सङ्गठनद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चार माध्यममा सम्प्रेषण गर्न आज उनलाई प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
यसअघि केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे थिए । प्रवक्ता काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।




प्रतिक्रिया दिनुहोस्