Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


सामसङले ग्यालेक्सी एस ट्वेन्टी फाइभ एफई नेपाली बजारमा ल्यायाे


0
Shares

काठमाडाैं । सामसङले ग्यालेक्सी एस ट्वेन्टी फाइभ एफई नेपाली बजारमा ल्याएको छ।

सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिक घोषणा गर्दै ग्यालेक्सी एस ट्वेन्टीफाइभ एफई सार्वजनिक गरेको हो। प्रिमियम एआई अनुभव, शक्तिशाली परफर्मेन्सयुक्त यो फोन विशेष गरी एउटै डिभाइसमा परफरमेन्स र क्रिएटिभिटी खोज्ने युवा प्रोफेशनल व्यक्तित्व र कन्टेन्ट क्रिएटरकालागि डिजाइन गरिएको कम्पनीले जनाएको छ।

क्रिएटिभ र प्रोडक्टिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरुका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस ट्वेन्टीफाइभ एफई प्रिमियम परफरमेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्वाध एकीकरणकसाथ प्रिमियम एआई सञ्चालित सुविधाहरु सहित आएको कम्पनीको दावी छ । ८ जीबी र्याम र २ सय ५६ जीबी रोम क्षमताको यो फोनको बजार मूल्य ९९ हजार ९ सय ९९ कायम गरिएको छ ।

यी फोन लगायत नयाँ सामसङ डिभाइसहरु सामसङ इन्स्टा फाइनान्स मार्फत शून्य प्रतिशत व्याजदरमा सजिलो ईएमआई प्लानमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको हाे।