Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


‘विशेष महाधिवेशन नै अन्तिम विकल्प'(भिडियाे रिपाेर्ट)

कांग्रेसभित्रको विवाद थप पेचिलो बन्दै

1.3k
Shares

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले विशेष भेलाबाट आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न दबाब दिने भएको छ।

पार्टी नेतृत्वले निर्वाचन अघि १५औं महाधिवेशन गर्न आनाकानी गरिरहेको समयमा उनीहरुले मंगलबार राजधानीमा भेला गरेर दबाब बढाउने निर्णय गरेका हुन्। निर्वाचनअघि नियमित महाधिवेशन गर्ने तय भएको खण्डमा मात्र आफूहरुको अभियान रोकिने उनीहरुले बताएका छन्।

नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन नै अन्तिम विकल्प भएको उनीहरुको ठहर छ । जसले कांग्रेसभित्रको विवादलाई थप पेचिलो बनाएको छ ।

स्थलगत भिडियो रिपोर्ट: