Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार र उद्योगीबीच सहमति

२८ किस्ता मध्ये उद्योगीले पहिलो किस्ता धरौटीको रूपमा बुझाउने

4.6k
Shares

काठमाडाैं । सरकारले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने व्यवसायीहरुको प्रस्तावमा सहमति जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, सम्बन्धित मन्त्रीहरुसँगको भेटमा आफूले राखेको मध्यमार्गी प्रस्तावमा सहमति भएको दावी गर्नुभएको हो । करिब साँढे २ घण्टा लगाएर गरिएको छलफलमा सहमति जुटेको उहाँको भनाइ थियो । अध्यक्ष ढकालका अनुसार उद्योगीहरुको सहमतिमा २८ किस्तामा पहिलो किस्तालाई धरौटीको रुपमा मान्ने सहमति गरिएको छ।

विद्युत प्राधिकरणले दिएको २८ किस्ताको सुविधालाई स्वीकार गरी एक किस्ता बराबरको रकमलाई धरौटीको रुपमा उद्योगीहरुले बुझाएपछि काटिएको विद्युतको लाइन जोड्ने प्रस्तावमा सरकार सहमति भएसँगै यो विवाद समाधान हुने अवस्थामा पुगेको महासंघको दावी छ।