Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


कांग्रेस संस्थापन पक्षका नेता नियमित महाधिवेशनको पक्षमा उभिए

केन्द्रीय समिति बैठकमा प्रस्ताव लिएर जाने

2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्ष नेताहरुले केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको मितिसहितको प्रस्ताव लिएर केन्द्रीय समितिमा जाने भएका छन् ।

काठमाडौंमा साेमबार बसेको संस्थापन पक्षका नेताहरूको छलफलले बहुमत केन्द्रीय सदस्यका साथमा १५ औं महाधिवेशनको तिथि मितिसहितको प्रस्ताव मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा लिएर जाने निर्णय गरेको हाे। कांग्रेस केन्द्रीय सदस्य गुरु बरालका अनुसार आफूहरूले राखेको प्रस्ताव नै अन्तिम हुने र त्यहीं अनुसारको निर्णय हुने भएकाे छ। नेता बरालले पदाधिकारी र कार्यसम्पादन समितिले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नसकेकाले निकासको प्रयास गरेको बताउनुभयाे।

त्यस्तै, कांग्रेस नेता किरणराज पौडेलले पार्टीको नियमित महाधिवेशनको कार्यतालिका यथाशिघ्र प्रस्तुत गर्न दबाब दिने निर्णय भएको बताउनुभएकाे छ। विधान अनुसार सभापति, महामन्त्री लगायत चल्नुपर्ने उहाँकाे भनाइ थियाे । महाधिवेशनका विषयमा देखिएको विवादका कारण पटक-पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।