Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


जेनजीकाे आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारकाे निर्णय (सूचीसहित)

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत

598
Shares

काठमाडाैं । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ।

सिंहदरबारमा साेमबार बसेको मन्त्रीपरिषदकाे बैठकले साेही निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताउनुभयो ।

सरकारले नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेनजी पुस्ताद्वारा गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको बताउनुभएकाे छ।

मन्त्री खरेलले विपद संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो ।