काठमाडाैं । भक्तपुरको सानोथिमिमा रहेकाे बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् ।
बन्दीहरू आइतबार दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएकाे प्रहरीले बताएकाे हाे। फरार भएकामध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिले जनाएकाे छ। आइतबार साँझसम्म बाँकी रहेकाहरूलाई पक्राउ गर्नेगरी खोजी भइरहेको जनाइएकाे छ।
साेही सुधारगृहमा क्षमता भन्दा दोब्बर बन्दी रहेको र बाल सुधार गृह भने पनि युवाहरूलाई समेत बन्दीका रूपमा त्यहीं राख्न थालेपछि सुधारगृहमा झडप र तोड्फोड हुँदै आएको थियाे।




प्रतिक्रिया दिनुहोस्