Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


काठमाडौं महानगरले थापाथलीकाे ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने


1.6k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ।

सम्पदा क्षेत्र खाली गराउने अभियानमा रहेको महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको हाे । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भएता पनि प्रभाग नभत्काइने महानगरपालिका-११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताउनुभयो । प्रहरीहरुलाई बस्न समेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उहाँकाे भनाइ छ।

महानगरले सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन लागेको थियो । यता ट्राफिक प्रहरीले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ।